Help Nepal Fight the COVID-19

help nepal fight covid-19

Date: 11/26/ 2020

“Help Nepal fight the COVID-19” अभियानका सम्पूर्ण सहयोगी मनहरुप्रति हार्दिक धन्यबाद !!!

संसारभरि नै कोरोना भाईरस (COVID-19) ले सम्पूर्णको जनजीवन प्रभावित भई अस्तव्यस्त बनाएको अवस्था छ । Hyolmo Society of America को Hyolmo Society COVID-19 Response Team ले यस्तो विषम परिस्थितिमा कोरोना भाईरस (COVID-19) को असरबाट नेपालमा प्रभावित भएका मजदूरहरू, विपन्न परिवारहरु, दीनदुःखीहरुलाई, खाँचोमा परेकाहरूलाई खाद्यन्न वितरण गर्ने देखि लिएर सडकका कुकुरहरु (Street Dogs) आदिलाई खानेकुरा खुवाउने पुण्यको अभियानमा नेपालका Hyolmo Helping Hands संस्थासंग सहकार्य गर्न आर्थिक सहयोग संकलनको लागि June 4th 2020 देखि “Help Nepal fight the COVID-19” अभियान संचलानमा ल्याई अमेरिकामा रहनुभएका ह्योल्मो लगायत आम नेपालीहरुलाई राहत वितरण सहयोगको लागि आह्वान गरेर Facebook बाट आर्थिक सहयोग संकलन गरिएको थियो र जम्मा कुल $9666        (९ हजार ६६६ डलर) रकम संकलन गर्न सफल भएको थियो र सो संकलित सम्पूर्ण आर्थिक सहयोग (नेपाली रुपैंया ११लाख ३३ हजार ८ सय ८४) नेपालका Hyolmo Helping Hands लाई हस्तांतरण गरिसकिएको छ।

Hyolmo Helping Hands लाई पठाएको सहयोगको मिति र सहयोगको विवरण यस प्रकारको छ: 

S. No Date Amount in Dollar Amount in NRs

1. 06/17/2020 $2000.00 रु 239835.00

2. 08/28/2020 $2915.00 रु 338836.00

3. 09/28/2020 $2900.00 रु 338122.00

4. 10/30/2020 $1851.00 रु 217091.00

 Total $9666.00 रु 11,33,884.00

नेपालमा Hyolmo Helping Hands लाई पठाईएको आर्थिक सहयोगको Receipts: अन्तमा पोष्ट गरिएको छ।

यस अभियानमा मनैदेखि आर्थिक सहयोग गर्नुहुने मनकारी महानुभावहरु र Hyolmo Helping Hands का अध्यक्ष जिमी लामा ह्योल्मो ज्यू र स्वयंसेवक साथीहरुले नेपालमा COVID-19 बाट प्रभावित भएर खाँचोमा परेकाहरूलाई सेवा गर्ने हाम्रो प्रतिबद्धतालाई साथ दिनुभयो। 

यहाँहरुको सहयोग बिना यो अभियान सम्भव हुने थिएन । हामी Hyolmo Society of America र Hyolmo Society COVID-19 Response Team परिवार यहाँहरुप्रति हृदयदेखि नै धन्यबाद ज्ञापन गर्दछौं ।

Hyolmo Helping Hands ले नेपालमा सो सहयोग रकमबाट राहत वितरण गरिरहनुभएको छ। ज्याला मज्दुरी गर्ने देखि लिएर रिक्साचालकहरु , Rohingya Refugees,आदि लाई राहतहरु वितरण गरी सक्नुभएको छ। र साथै भोका पशुपंक्षीहरुलाई खाना खुवाउनु भएको छ ।

Hyolmo Helping Hands ले नेपालमा राहत वितरण गरिरहेका र भोका पशुपंक्षीहरुलाई खाना खुवाउदै गरेका केही दृश्यहरु: अन्तमा पोष्ट गरिएको छ।

Photo Source: Hyolmo Helping Hands Nepal Facebook Page

http://cpostnews.com/2020/07/10/584478431192/

Note: यस अभियानका हाम्रा सहकर्मी Hyolmo Helping Hands Nepal ले नेपालमा सहयोग गरिरहनुभएको सराहनीय कार्यहरुको विस्तृत जानकारीको लागि यहाँहरुले Hyolmo Helping Hands को Official Facebook Page – Hyolmo Helping Hands Nepal-Formal Page मा गई हेर्न सक्नुहुनेछ ।

यस Help Nepal to fight COVID-19” अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुप्रति पुन: एकपटक हामी Hyolmo Society of America & Hyolmo COVID-19 Response Team हृदयदेखि आभार र धन्यवाद प्रकट गर्दछौं।

विश्वभरी नै अझै पनि यस कोरोना (COVID-19) को कहर छ । तसर्थ, सम्पूर्णमा सुरक्षित रहनु हुन विनम्र अनुरोध गर्दछौ ।

”आफू पनि बचौं  र अरुलाई पनि बचाऔं ”

Leave a Reply

ne_NPNE
Scroll to Top

Discover more from Hyolmo Society of America

Subscribe now to keep reading and get access to the full archive.

Continue reading